काठमाडौं । संघीय संसदको संसदीय सुनुवाई समितिको बैठक आज (बुधवार) बस्दैछ ।
बैठकमा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलिया र समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाविरुद्ध परेको उजुरीको सुनुवाई हुन लागेको हो ।
बैठक आज बिहान ११ बजेको लागि बोलाइएको छ ।
बैठकमा उजुरीकर्ताहरुसँगको छलफलपछि थपलियासँग दिउँसो १ बजे छलफल गर्ने हिजो (मंगलवार) बसेको सुनुवाई समितिको बैठकले निर्णय गरेको हो ।
प्रमुख निर्वाच आयुक्तमा सिफारिस थपलियाविरुद्ध ६ वटा उजुरी परेको छ । त्यस्तै समावेशी आयोगको सदस्यामा सिफारिस ओझोविरुद्ध कुनै पनि उजुरी नपरेको समितिले जनाएको छ ।
थपलियाविरुद्ध परेका अधिकांश उजुरी समायोजनसँग सम्बन्धित छ ।
त्यस्तै समितिले सर्वोच्च अदालतका न्यायाधीशहरुको सुनुवाई भने भोलि (बिहीवार) गर्ने भएको छ । उनीहरविरुद्ध ५ वटा उजुरी परेको छ ।
गत चैत १९ गते बसेको न्याय परिपषदको बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुङ्गाना र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुष्मालता माथेमा र वरिष्ठ अधिवक्ता कुमार रेग्मी र अधिवत्ताद्वय हरिप्रसाद फुँयालका साथै मनोजकुमार शर्माको नाम सिफारिस गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया