काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राष्ट्रिय जागरण अभियान शुरु गर्ने घोषणा गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले संघीयताको मर्मअनुसार काम गर्न नसकेको भन्दै उपसभापति निधिले यसलाई आम नागरिक माझ बुझाउन जागरण अभियान शुरु गर्न लागिएको बताएका हुन् ।
पहिलो चरणको अभियान यही वैशाख ११ गतेबाट शुरु हुने उनले बताए ।
अभियान पहिलो चरणमा ७७ जिल्लामा हुने र कार्यक्रम एक महिना लामो हुने उनले बताए ।
त्यस्तै दोस्रो चरणका कार्यक्रम भदौ २३ देखि असोज ७ सम्म ३ सय ३० निर्वाचन क्षेत्रमा हुनेछ ।
साथै तेस्रो चरणको कार्यक्रम पुस ७ देखि १४ सम्म सबै पालिकामा रसञ्चालन हुने उपसभापति निधिले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया