पार्टी भित्रको अनुशासनहीनता अन्त्य गर्छौं : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो निर्वाचनका क्रममा पार्टी भित्र भएको अन्तर्घातलाई आगामी निर्वाचनमा दोहोर्याउन नदिने बताएका छन् । 

मंगलवार महेन्द्रनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् । 

उनले पार्टी भित्रको अनुशासनहीनता अन्त्य गर्न प्रतिबद्ध रहेको समेत बताए । 

पार्टी भित्र गठन भएको केन्द्रीय अनुशासन समितिले अन्तर्घात र गुटउपगुट प्रवृत्तिविरुद्ध निष्पक्ष अनुसन्धान गरी कारबाही सिफारिस गर्ने समेत देउवाको विश्वास छ ।

फकर प्रशंगमा सभापति देउवाले निर्मला बलात्कारपछि हत्या घटनाको ९ महिना बितिसक्दा पनि अपराधी पक्राउ गर्न नसक्नु सरकारको कमजोरी रहेको बताए । 

साथै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहलाई प्रतिबन्ध लगाएर सरकारले द्वन्द र विवाद निम्त्याएको आरोप समेत लगाए । उनले विप्लव समूहसँग वार्ताका माध्यमबाट समस्याको समाधान खोज्नु पर्ने समेत बताए । 

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?