खोटाङ । खोटाङको हलेसीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ गम्भीर घाइते भएका छन् ।
काठमाडौंबाट खोटाङको दिक्तेल आउँदै ना ४ख ७४११ नम्बरको यात्रुवाहक बस हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना भएको हो ।
दुर्घटना सोमवार राति ११ बजे भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रजबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते बनेका राईको एम्बुलेन्समार्फत उपचार गराउन जिल्ला अस्पताल दिक्तेल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।
घाइतेमध्ये चालकसहित सातलाई थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।
साथै अन्य ६ जनालाई जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ ।
दुर्घटनामा परी घाइते भएकाको नाम खुल्न सकेको छैन ।
बस सडकबाट चिप्लिएर १५–२० मिटर तल खसेको प्रहरीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक भुवनबाबु खड्काका अनुसार बस सडकबाट खसेर कोल्टिएर अड्किएकाले ठूलो क्षति हुनबाट जोगिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया