दुई अखिलले सार्वजनिक विद्यालय सुधार अभियान थाल्ने

काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट दुई विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)ले ‘सार्वजनिक विद्यालय सुधार अभियान –२०७६’  सञ्चालन गर्ने भएका छन् ।

सार्वजनिक विद्यालयमा देखिएका विकृति हटाउँदै अखिल र अखिल (क्रान्तिकारी)ले अभियान सञ्चालन गर्ने भएका हुन् । ‘म बनाउछु मेरो विद्यालय, हामी बनाउँछौँ हाम्रो विद्यालय’ भन्ने नाराका साथ दुवै सङ्गठनले आफ्ना नेता तथा कार्यकतालाई देशभरिका सार्वजनिक विद्यालयको सुधार अभियानमा लगाउने अनेरास्ववियु (क्रान्तिकारी)का कार्यवहाक अध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार दुई अखिलले दुवै सङ्गठनका केन्द्रदेखि प्रदेश, जिल्ला हुँदै तल्लो तहसम्मको सम्पूर्ण पंक्ति उक्त अभियानमा परिचालन गर्ने निर्णय गरेको छ ।

अनेरास्ववियुका महासचिव ऐन महरले सार्वजनिक विद्यालयलाई आकर्षण बनाउनका लागि अभियान सञ्चालन गरिएको जानकारी दिए । उनले आआफ्नो ठाउँबाट दुवै सङ्गठनका नेता कार्यकता अभियानमा सहभागी हुने बताए ।
उनले सार्वजनिक शिक्षाको गुणस्तर सुधार्नका लागि अभियान सहयोगी बन्ने बताए ।
 सङ्गठनले सार्वजनिक विद्यालय सुधारका लागि शिक्षामा कूल बजेटको २० प्रतिशत छुट्याउन समेत सरकारसँग माग गरेका छन् । यसैगरी दुई अखिलले विद्यालय भर्ना अभियानमा पनि परिचालित हुने भएको छ ।

विद्यालय जाने उमेर समूहका हजारौँ विद्यार्थी अहिले पनि विद्यालय जान नसकेको यथार्थलाई दृष्टिगत भर्ना अभियानलाई सफल बनाउन सङ्गठनका नेता र कार्यकर्ता परिचालन गरिने भएको क्रान्तिकारीका कार्यवहाक अध्यक्ष बस्नेतले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?