WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।
आज मिति २०७६ साल वैशाख २ गते देश दुनियाँमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा LOKPATH TV लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
1. सातौं पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण, २५ फोटोमा बिस्केट जात्रा : वर्षैभरि विभिन्न जात्राको रमझममा रमाइरहने भक्तपुरलाई यतिवेला बिस्केट जात्राको उल्लासले ढपक्कै छोपेको छ । नौ दिन आठ रातसम्म चल्ने उक्त जात्रा चैत्र २८ गते तौमढी पाँचतले मन्दिर अगाडि बाट भैरव र भद्रकालीको रथ तानेर शुरु हुन्छ भने वैशाख ५ गते गहिटी पुर्याएर सम्पन्न हुन्छ ।
2. नेपालद्वारा मलेसिया ८ विकेटले पराजित : आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटका तेस्रो खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । क्वालाम्पुरस्थित बायुमास ओभलमा सोमवार भएको खेलमा मलेसियाले नेपाललाई दिएको ९३ रनको विजयी लक्ष्य नेपालले १३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
3. राजपाद्वारा भैरहवामा प्रदर्शन : राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल रुपन्देहीले भैरहवामा प्रदर्शन गरेको छ । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गर्न माग गर्दै राजपाले आज ९सोमवार० भैरहवामा प्रदर्शन गरेको हो ।
4. लुक्ला विमान दुर्घटनाबारे अनुसन्धान गर्न छानबिन समिति गठन : सरकारले आइतवार बिहान सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा भएको विमान दुर्घटनाबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा समिति नै गठन गरेको हो ।
5. ‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : नयाँ वर्ष २०७६ को पहिलो दिन वैशाख १ गते बिहानैदेखि अधिकांशको मोबाइलमा शुभकामना आदनप्रदानको कार्यक्रम चलिरहेको थियो । तर त्यही बेला पर्यटकीय क्षेत्र लुक्लामा समिट एयरको बिमान दुर्घटको खबरले अधिकांश दुखित भए ।
6. राष्ट्रपति भण्डारी चीन जाँदै, नेपाल–चीन पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने : राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने भएकी छिन् । राष्ट्रपति भण्डारी यही वैशाख ११ गते चीन भ्रमणमा जान लागेकी हुन् । भण्डारी बेल्ट एन्ड रोड इनिसियटिभ ९बिआरआई०को दोस्रो शिखर सम्मेलनमा भाग लिन बेइजिङ जान लागेकी हुन् । सम्मेलन अप्रिल २५ देखि बेइजिङमा हुँदैछ ।
7. सिन्दूरले रंगियको थिमी : बिस्केट जात्राको अवसरमा भक्तपुरको मध्यपुरथिमिका स्थानीयवासीले आज ९सोमवार०बिहानैदेखि हर्षोल्लासका सिन्दूर खेलेर सुथः सिया जात्रा मनाएका छन् । बिहानैदेखि मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताहरुको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दूर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएको हो ।
8. बालुवाटारमा विवेकशील साझाको खबरदारी, ‘बालुवाटार बेच्नेले सिंहदरवार पनि बेच्लान् ’ : विवेकशील झापा पार्टीले सोमवार बिहान प्रधानमन्त्री निवास बालुवाटर अगाडी प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासकै जग्गा व्यक्तिको नाममा नामसारी भएको घटनालाई लिएर विवेकशील साझाले विरोध प्रदर्शन गरेको हो ।
9. भारतीय प्रहरीद्वारा एक किलोग्राम सुनसहित नेपाली पक्राउ : भारतीय प्रहरीले एक किलोग्राम सुनसहित एक जना नेपालीलाई पक्राउ गरेको छ । नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा सीमावर्ती भारतीय प्रहरीले उक्त सुन बरामद गरेको हो ।
10. विप्लव समूहका सदस्य भएको आरोपमा रसुवाली कवि पक्राउ : प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहको सदस्य भएको आरोपमा प्रहरीले रसुवाली कवि भनेर चिनिने ठाकुरप्रसाल तिम्सिनालाई पक्राउ गरेको छ । प्रहरीले उनलाई काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट सोमवार बिहान पक्राउ गरेको हो ।
11.पेट्रोलियम खानीको अध्ययन गर्न चिनियाँ टोली नेपाल आउँदै : पेट्रोलियम पदार्थको खानीको अध्यन गर्न चिनियाँ टोली नेपाल आउने भएको छ । चिनियाँ टोली सन् २०१९ को मेमा नेपाल आउन लागेको हो । चिनियाँ टोलीले दैलेखको पादुका क्षेत्रमा अध्ययन गर्नेछ ।
12. तामिलनाडुवासीले देखिसहँदैनन् मोदीलाई, यी हुन् ७ कारण : करिब एक वर्षदेखि जबजब मोदी तामिलनाडु भ्रमणमा गए तब ‘गो ब्याक मोदी’ जस्ता ह्यासट्याग सोसल मिडियामा ट्रेन्डिङ भए । त्यही वेलादेखि प्रश्नहरु उठ्न थाले कि प्रधानमन्त्री मोदीलाई तामिलनाडुमा रुचाइँदैन र, यदि त्यसो हो भने किन ? केही विश्लेषकहरु त यसो पनि भन्छन् कि नरेन्द्र मोदी तामिलनाडुमा जति अलोकप्रिय छन् त्यति अरु कुनै राज्यमा छैनन् शायद ।
13. प्रधानमन्त्री ओलीद्वारा समता स्कूललाई वर्ल्ड बुक अफ रेकर्डस् हस्तान्तरण : प्रधानमन्त्री केपी शर्मा ओलीले समता स्कूल काठमाडौंलाई वर्ल्ड बुक अफ रेकर्डस् हस्तान्तरण गरेका छन् । सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा वर्ल्ड अफ रेकर्डस् लण्डनले जारी गरेको प्रमाणपत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तातरण गरेका हुन् ।
14. पक्राउ परेका १२ नेपाली युवती यसरी पुगेका थिए केन्या : केन्या प्रहरीले शनिबार १२ नेपाली युवतीलाई पक्राउ गरेको छ । उनीहरूलाई बार डान्सरका रूपमा मानव तस्करले केन्या पुर्याएका थिए । उनीहरूलाई केन्याको मोम्बासा नियालीस्थित न्यु रंगिला बारबाट पक्राउ गरिएको हो ।
15. जब विमानले रन–वे भुल्यो…..! : नेपालका पहाडी र हिमाली भेगमा मात्रै उडान भर्दै आएको समिट एयरको टर्बोलेट विमान आइतबार उडानका क्रममा दुर्घटना हुँदा कोपाइलटसहित तीन जनाको मृत्यु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार लुक्ला विमानस्थलबाट मन्थली (रामेछाप) का लागि उड्ने क्रममा धावनमार्ग छाडी दाहिनेतर्फ मोडिएर विमानले दुई हेलिकप्टरलाई ठक्कर दिएको थियो ।
16. बझाङ केन्द्रबिन्दु भएर ४८ रेक्टर स्केलको भूकम्प : बझाङको जयपृथीवी केन्द्रबिन्दु भएर बाजुरामा ४।८ रिक्टर स्केलको भूकम्प गएको छ । सोमवार बिहान ४ः२७ बजे बझाङ केन्दूबिन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ ।
17. चुनाव प्रचारमा खटिएका बलिउड नायकको हृदयघातका कारण मृत्यु : भारतीय जनता पार्टी (भाजपा) को रामनाथपुरम लोकसभा सिटबाट उम्मेद्वार बनेका नयनार नागेन्द्रनका लागि चुनाव प्रचारप्रसारमा खटिएका भारतीय कलाकार जेके रितेशको हृदयघातका कारण मृत्यु भएको छ । ४६ वर्षका रितेशलाई हृदयघातलगत्तै अस्पताल पुर्याइएपनि चिकित्सकले बचाउन सकेनन् ।
18. कार्यकर्ता अरिंगाल नबनेपछि प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न उक्साए – निधि : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रधामन्त्री ओलीले विपक्षी दलहरुतर्फ संकेत गर्दै आइतवार ‘नन्दी भृंगी भेला भएर आन्दोलन गर्छौं भनेको अभिव्यक्तिप्रति उपसभापति निधिले आपत्ति जनाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया