काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
प्रधामन्त्री ओलीले विपक्षी दलहरुतर्फ संकेत गर्दै आइतवार ‘नन्दी भृंगी भेला भएर आन्दोलन गर्छौं भनेको अभिव्यक्तिप्रति उपसभापति निधिले आपत्ति जनाएका हुन् ।
सोमवार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।
उपसभापति निधिले भने, ‘प्रधानमन्त्रीले जे भन्नु भएको छ, त्यो आपत्तिजनक छ, घोर भत्सना गर्दछौं ।’
अरिंगालको कुरा निकाल्दै उनले भने, ‘कार्यकर्ता अरिंगाल नबनेपछि प्रधानमन्त्रीले केटाकेटीलाई ढुंगा हान्न उक्साए ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया