काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देही, कञ्चन गाउँपालिका–५ उत्तर देउराली बस्ने ६० वर्षीय लखन अधिकारी आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै गोरखाको गोरखा नगरपालिका–१४ स्थित हिल कटेज होटल संचालन गरी बस्दै आएका पालुङटार नगरपालिका–८ लामाचौर बस्ने २८ वर्षीय महेश पन्थ सोही कटेजको आफू सुत्ने कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी कास्की, पोखरा महानगरपालिका–२८ रैकर ओदहरेस्थित सडकको नालामा सोही ठाउँ बस्ने २४ वर्षीय कमल बुढाथोकी सोमबार मृत अवस्थामा फेला परेका छन् ।
दोलखा, शैलुङ गाउँपालिका–५ काटाकुटीस्थित भिरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया