काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७६ मा ‘समृद्ध नेपाली सुखी नेपाली’को साझा लक्ष्य प्राप्त गर्ने बताएकी छिन् ।
आइतवार राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै, ‘हाम्रो मुलुकको राष्ट्रिय संकल्प ‘समृद्ध नेपाल सुखी नेपाली’को साझा लक्ष्य प्राप्त गर्न वि.सं. २०७६ साल महत्वका साथ अगाडि बढ्नेछ । ठूलो संघर्षबाट मुलुकले प्राप्त गरेको ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धि मार्फत सुदृढ बनाउन नयाँ वर्षले सबैमा थप ऊर्जा प्रदान गरोस् ।’
साथै २०७५ साल संघीय शासन प्रणालीअनुरुपको कानून बनाउन सफल भएको र सुशासन तथा समृद्धिको मार्गमा उन्मुख रहन सफल भएको समेत उल्लेख गरेकी छन् ।
‘प्राकृतिक एवम् सांस्कृतिक वैभवयुक्त हाम्रो मुलुक स्वाधिन र स्वाभिमान राष्ट्रको रुपमा विश्वमानचित्रमा अंकित छ’ राष्ट्रपति भण्डारीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया