राष्ट्रपति भण्डारीले भोलि ३ सय ४२ जनालाई मानपदवी प्रदान गर्दै (नामसहित)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि (आइतवार) नयाँ वर्षको अवसरमा विभिन्न क्षेत्रका ३४२  जनालाई मानपदवी र विभूषण प्रदान गर्दै छिन् । 

संविधान दिवसको अवसर पारेर सरकारले गत असोज ३ गते घोषणा गरेको मानपदवी र विभूषण आइतवार प्रदान गर्न लागिएको हो । 

यस वर्ष सरकारले प्रवल जनसेवा श्री पदवी १ सय ६० जनालाई, ७४ जना जसेवाश्री(पञ्चम श्रेणी), ६२ जनालाई प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) प्रदान गर्दैछ ।

गृह मन्त्रालयका अनुसार सरकारले कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठलाई मरणोपरान्त नेपाल रत्न प्रदान गर्दैछ । राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशीलाई महाउज्नवल राष्ट्रदीप(प्रथम श्रेणी) प्रदान गरिदैछ । यस्तै, राजनीतिज्ञ गजेन्द्रनारायण सिंह र संगीतकार अम्बर गुरुङ्गलाई यही पदक मरणोपरान्त प्रदान गरिदैछ ।

पूर्व प्रधानन्याधीश ओमप्रकाश मिश्रलाई सुप्रसिद्ध प्रवल जनसेवा श्री(प्रथम) र साहित्यकार झमककुमारी घिमिरेलाई किर्तिमय राष्ट्रदीप प्रदान गरिदैछ ।

गृह मन्त्रालयले यसअघि नै सूचना जारी गरेर नेपाल रत्न, महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रवल जनसेवाश्री, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवा श्री, प्रवल जनसेवा श्री र जनसेवा श्री लगायत विभूषण तथा मान सम्मान पाउनेहरुको नामावली सार्वजनिक गरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?