प्रदेश सरकारले दिएको बिदा संघीय सरकार मातहतका कार्यालयमा पनि लागू हुने

काठमाडौं । प्रदेश सरकारले आफ्नो प्रदेशमा दिने सार्वजनिक बिदा केन्द्र सरकार मातहतका कार्यालयहरुमा पनि लागू हुने भएको छ । यो सँगै धेरैको गुनासो समाप्त भएको छ । 

केही दिन अघि बसेको संघीय मन्त्रिपरिषदको बैठकले सरकारले प्रदेश सरकारले दिएको बिदा केन्द्र सरकार मातहतका कार्यालयलाई पनि लागू हुने निर्णय गरेको थियो । 

बिहीवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले सो बारे जानकारी दिएका हुन् । उनले यसअघि केन्द्र सरकारले दिएको बिदा केन्द्र मातहतका कार्यालयलाई मात्र लागु हुने भएको भए पनि अब केन्द्र मातहतका कार्यालयमा पनि लागू हुने बताए । 

‘यो एउटा गुनासो थियो, त्यो अब समाप्त भएको छ’ उनले भने । 

यसअघि प्रदेश सरकारले घोषणा गरेको सार्वजनिक विदामा संघीय सरकार अन्तर्गतका कार्यालयहरु खुल्ने गरेका थिए भने अब संघीय सरकार अन्तर्गतका कार्यालयहरुपनि बन्द हुने छ । 

तर, प्रदेशले घोषणा गरेको विदा काठमाडौं उपत्यकामा भने लागू हुने छैन । 

काठमाडौंमा भने गृह मन्त्रालयले निर्णय गरेमा मात्र बिदा हुनेछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?