राजपा नेपालले गर्‍यो आन्दोलनको घोषणा, यस्ता छन् माग

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले नौ सूत्रीय माग राखेर आन्दोलन घोषणा गरेको छ ।

संघीय सरकारबाट समर्थन फिर्ता लिएको राष्ट्रिय जनता पार्टी (राजपा) आन्दोलन घोषणा गरेको हो । 

आन्दोलनमा जुट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिँदै राजपाले जिल्ला समितिहरुमा पत्राचार गरिसकेको छ । 

संविधान संशोधन गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने, रेशम चौधरी लगायत आन्दोलनकारी राजबन्दीहरुलाई तत्काल रिहाई गर्नुपर्ने, आन्दोलनकारीमाथिको मुद्दा फिर्ता गर्नुपर्ने, जन्मसिद्व नागरिककका सन्तानलाई बंशजको नागरिकता प्रदान गर्नुपर्ने, लाखौं नेपाली नागरिकलाई राज्यविहीन बनाउने षड्यन्त्र बन्द गर्नुपर्ने, भ्रष्टाचारी, कालोबजारी, महंगी, वेरोजगारी अन्त्य गर्नुपर्ने, राष्ट्रिय एकता र अखण्डतालाई कमजोर पार्ने काम बन्द गर्नुपर्ने र राज्य आतंक तथा लोकतन्त्रविरोधी गतिविधि बन्द हुनुपर्ने माग राख्दै राजपाले आन्दोलन घोषणा गरेको हो ।

पत्रमा चैत २९ गते प्रदर्शन गर्न भनिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?