काठमाडौं । राप्रपा (संयुक्त) ले निर्वाचन आयोगबाट दलको मान्यता प्राप्त गरेको छ ।
संविधानसम्मत र कानुनी रुपमा नै आफ्नो दललाई मान्यता दिएको भन्दै अध्यक्ष पशुपतिशमशेर जबराले खुशी व्यक्त गरेका छन् ।
आयोगले आफ्नो दललाई चुनाव चिन्ह हलो प्रदान गरेको छ । हलो चिन्ह असाध्यै पूरानो राप्रपाको पहिचान भएको भन्दै यो चिन्ह र झण्डासमेत प्राप्त गरेपछि राप्रपा मूलधार पार्टी भएको सम्म दावी गरे ।
पार्टीको वैचारिक सिद्धान्त भने राष्ट्रियता, प्रजातन्त्र र सम्वद्र्धनवादी उदारवाद र प्रगतिशिल आधुनिकीकरण रहेको अध्यक्ष राणाले जानकारी दिए ।
त्यसको साथै, सबै धर्मबीच समानता र पूर्ण धार्मिक स्वतन्त्रलाई कायम राख्दै नेपाललाई सनातन धर्म सापेक्ष हिन्दूराष्ट्र कायम गर्ने पनि आफूहरुको नीति रहेको उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया