काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले न्यूनतम पारिश्रमिक लागू गर्ने सन्दर्भमा सरकारले निर्णय गरिसकेकाले अब त्यसको कार्यान्वयन गरिने बताएका छन् ।
नेपाल पत्रकार महासघमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै सरकारले सबै सञ्चारमाध्यमले श्रमजीवी पत्रकारलाई न्यूनतम पारिश्रमिक दिनुको विकल्प नभएको भन्दै त्यससम्बन्धी निर्णय पुनर्विचार नहुने मन्त्री बाँस्कोटाले स्पष्ट पारेका छन् ।
पत्रकारलाई श्रमको मुल्य देउ भन्दा अधिनायकवाद भन्नु गलत भएको भन्दै उनले प्रेस स्वतन्त्रताको नाममा श्रमको शोषण गर्ने प्रवृतिको अन्त्य गरेरै छाड्ने बताए ।
श्रमको मुल्य तिर्नुपर्दा शोषणका पक्षपातिहरुलाई जहिले पनि १ सय ५ डिग्रीको ज्वरो आएको भन्दै आफूले नेतृत्व गरेसम्म व्याक नहुने बताएका छन् ।
उनले नक्कली कागजात बनाएर स्वतन्त्रताको लडाई लड्ने विषयमा सरकारलाई झुक्काउने प्रयास नगर्न भनेका छन् । मन्त्री बाँस्कोटाले न्यूनतम पारिश्रमिक उपलब्ध गराए/नगराएको बारेमा कडा निगरानी गरिने चेतावनी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया