काठमाडौं । विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध युवाहरुले नाराबाजी गरेका छन् ।
नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका युवाहरुले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै जिल्ला प्रशासन कार्यालयले जन्मसिद्ध नागरिकको सन्तानलाई बंशजको नागरिकता दिन बन्द गरेको छ ।
महेन्द्रचोकमा जम्मा भएका युवाहरुले ‘केपी ओली मुर्दाबाद, गृहमन्त्री राजीनामा दे’ लगायतका नारा लगाउँदै विरोध प्रदर्शन हुन् ।
हालै गृह मन्त्रालयले जन्मसिद्ध नागरिकको सन्तानलाई बंशजको नागरिकता दिन परिपत्र गरेको थियो । त्यसआधारमा स्थानीय प्रशासनले नागरिकता दिन शुरु गरेको थियो ।
तर, सर्वोच्चले आइतवार मात्र अन्तरिम आदेश दिँदै तत्कालका लागि गृहको परिपत्र कार्यान्वयन गर्न रोक लगाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया