देउवाको निमन्त्रणालाई सिटौलाले गरे अस्वीकार

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुसँग परामर्श गरेका छन् ।

देउवाले कार्यसम्पादन समिति र केन्द्रीय विभागहरु गठनबारे परामर्श गरेका हुन् । 

तर, बैठकमा पूर्वमहामन्त्री कृष्ण सिटौला गएनन् ।  बैठकका लागि देउवा निवासबाट खबर आएपछि सिटौलाले नजाने बताएको स्रोतको दाबी छ ।

कार्यसम्पादन समितिमा देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ६०/४० को भागवण्डा गरेपछि सिटौला असन्तुष्ट देखिएको जनाइएको छ ।  

देउवा निवासमा भएको काँग्रेसका शीर्ष नेताहरुको बैठकमा बरिष्ठ नेता रामचनद्र पौडेल, उपसभापतिहरु विमलेन्द्र निधी, विजयकुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला, नेता गोपालमान श्रेष्ठ र बलबाहादुर केसीको सहभागीता रहेको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?