काठमाडौं । छुट्टाछुट्टै स्थानबाट दुईजना मृत अवस्थामा फेला परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका-१ पुष्पलाल चोकस्थित पानीको तलाउमा सल्यान कुपिण्डे नगरपालिका-३ बाचकोट बस्ने ६२ वर्षीय तेज बहादुर बिक बिहीवार मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४ जंघारेस्थित भिरमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया