माछा मार्ने क्रममा डुबेर एकको मृत्यु

लोकपथ
49
Shares

धनुषा । माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । गणेशमान चारनाथ नगरपालिका-६ बस्ने ४० वर्षीय लक्ष्मण सदाको कमला खोलामा डुबेर बुधबार मृत्यु भएको हो ।

माछा मार्न गएका उनको सोही खोलामा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?