काठमाडौं । सभामुख देवराज घिमिरले संसदको प्रभावकारिता धेरै हदसम्म कर्मचारीहरूको क्षमता र सक्रियतामा निहीत रहेको बताएका छन् ।
उनले संघीय संसदका कर्मचारीहरुको उच्च मनोबल, निष्पक्ष र प्रभावकारी कार्यसम्पादन तथा लगनशीलता वृद्धि गर्न आवश्यक रहेको बताए ।
संघीय संसद सेवा दिवसको सन्दर्भमा बिहीबार शुभकामना वक्तव्य जारी गर्दै सभामुख घिमिरेले सरकारका कामको निगरानी गर्ने संसदको जिम्मेवारीमा संसद्का कर्मचारीहरुको अर्थपूर्ण भूमिका हुनुपर्ने बताए ।
’नेपालको संविधानको धारा २०७ मा संघीय संसदको काम कारवाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना र तत्सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुने व्यवस्था छ ।
निजामती सेवा ऐनबाट निकालेर छुट्टै ऐनद्वारा सञ्चालित संसद सेवा विशिष्ट,स्वायत्त र व्यावसायिक सेवा हो,’ सभामुख घिमिरेले भनेका छन्, ’संसद सेवाको स्वायत्तताबारे खासगरी कर्मचारी वृत्तमा नै बहसहरू हुने गरेकोबारे म जानकार नै छु । अलग्गै सेवा सोचविचार गरेर नै गठन गरेको भन्ने स्मरण गराउन चाहन्छु ।’
उनले सरकारको निगरानीको कामलाई प्रभावकारी कार्यसम्पादन गर्न संसदीय क्षमता र सामर्थ्य विकास गर्न संसद् सेवालाई अलग गरिएको स्मरण गराएका छन् ।
२०५८ सालमा स्वायत्त संसद सेवा गठन भएको स्मरणमा प्रत्येक वर्ष मंसिर २८ गते संसद सेवा दिवस मनाउने गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया