करेन्ट लागेर दुई जनाको मृत्यु

लोकपथ
63
Shares

काठमाडौं । छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

सिरहाको गोलबजार नगरपालिका-५ असनपुर टोल बस्ने १८ वर्षीय रामरिझन महतोको आफ्नै खेतमा विद्युतीय मोटर जडान गरी सिंचाई गर्ने क्रममा करेन्ट लागेर मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै ,बाराको जितपुरसिमरा उपमहानगरपालिका-२३ रामपुर टोकनीस्थित हिमालय टेक्स टायल कम्पनीमा काम गर्ने पर्सा वीरगंज महानगरपालिका-१८ भवानीपुर बस्ने २९ वर्षीय राम किशोर पटेललेको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।

उक्त कम्पनीमा वेल्डिङ गरेको ग्रिल भर्‍याङमा चढेर पर्खाल भत्काउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको वीरगन्जस्थित हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?