काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले महाधिवेशनको मिति पुनः सार्ने तयारी गरेको छ ।
यही वैशाख पहिलो साता ७, ८ र ९ गते महाधिवेशन गर्ने तयारी गरिरहेको बेला राजपाले एकाएक फेरि महाधिवेशनको मिति सार्ने तयारी थालेको हो ।
सदस्यता वितरणमा ढिलाइ भएका कारण महाधिवेशन सार्ने तयारी भएको राजपाका महासचिव केशव झाले जानकारी दिए । तर, सदस्यता वितरण कार्य भने यही चैत १५ गते नै सकिएको थियो ।
लोकपथसँग कुरा गर्दै झाले भने, ‘सोमवार राजपा अध्यक्ष मण्डलको बैठक बस्दै छ र बैठकबाटै अधिवेशनको नयाँ मिति तय हुन्छ ।’
बैठकमा वर्तमान राजनीतिक अवस्थाबारेका साथै संघीय समाजवादी फोरम नेपालसँगको पार्टी एकता विषयमा समेत छलफल हुने महासचिव झाले जानकारी दिए ।
माघ भित्रमा नै सदस्यता वितरण सकेर फागुन भित्र प्रदेश तहसम्मको अधिवेशन सक्ने गरी राजपाले तयारी थालेको थियो ।
अध्यक्ष मण्डलका नेताको कार्यव्यस्तताले गर्दा राजनीतिक समितिको बैठक बस्न ढिलाई भएको समेत उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया