राष्ट्रिय विकास परिषद बैठक : मुलुक विकासको पञ्चवर्षीय आधार पत्र पारित

काठमाडौं । काठमाडौंको होटल सोल्टीमा दुईदिन चलेको राष्ट्रिय विकास परिषदको बैठकले मुलुक विकासको पञ्चवर्षीय आधार पत्र पारित भएको छ ।

राष्ट्रिय योजना आयोगले तयार पारेको मुलुक विकासको पञ्चवर्षीय आधार पत्र पारित भएको हो । आयोगले तयार पारेको १५ औं पञ्चवर्षीय योजना पारित गरेको हो ।

आयोगले तयार पारेको आर्थिक वर्ष ०७६–०७७ देखि ०८०–०८१ सम्मको विकास रणनीतिको मस्यौदामाथि बैठकमा छलफल भएको थियो ।

आधार पत्रमा हाल ५ दशमलव ९ प्रतिशत रहेको आर्थिक वृद्धिदर आगामी पाँच वर्षमा बढेर १० दशमलब ३ पुर्याउने, २८ दशमलव ६ प्रतिशत रहेको बहुआयामिक गरिबीको दरलाई पाँच वर्षमा १४ प्रतिशतमा झार्ने, ११ दशमलव ४ प्रतिशत रहेको बेरोजगारको दरलाई विस २०८१ सम्म ४ प्रतिशतमा झारिने लक्ष्य १५ औँ आधार पत्रमा रहेको छ । साथै १० हजार ७४ मेगावाट विद्युत् उत्पादनलाई ५ हजार मेगावाट पुर्याउने जस्ता ३३ वटा सूचकहरुको लक्ष्य निर्धारण गरिएको छ ।

यो योजनामा आगामी पाँच वर्षलाई अर्थात आर्थिक वर्ष ०७६०७७ देखि ८०र०८१ सम्मलाई समृद्धि र सुखको आधार वर्षका रुपमा व्याख्या गरिएको छ ।

आठ महिनाअघि तयार पारिएको योजनाको मस्यौदा परिषद बैठकले पारित गरेसँगै अब मन्त्रिपरिषद्मा पेश गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?