काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातै प्रदेशका मुख्यमन्त्रीहरुले ३३ प्रतिशत बजेट छुट्याउन माग गरेका छन् ।
बिहीवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सातै प्रदेशमा ३३ प्रतिशत बजेट छुट्याउन मुख्यमन्त्रीहरुले प्रधानमन्त्री ओलीसँग माग गरेका हुन् ।
‘प्रदेशमा बजेट अत्यन्त न्यून छ’ मुख्यमन्त्री राउतले भने, ‘प्रदेशमा कम्तिमा पनि ३३ प्रतिशत बजेट छ्ट्याउनुपर्छ, अनिमात्र विकास सम्भव हुन्छ ।’
साथै अन्तरप्रदेश समन्वय परिषद् बैठकले निर्णय गरेका २१ बुँदे कार्यायोजना कार्यान्वयन नभएको भन्दै सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री ओलीसँग असन्तुष्टि जनाएका हुन् ।
बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरुले गुनासो गरेका थिए । मुख्यमन्त्रीहरुको गुनासोपछि प्रधनमन्त्री ओलीले राष्ट्रिय समन्वय परिषदको बैठक बोलाएर पसमस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका थिए ।
त्यस्तै बैठमा मुख्यमन्त्रीहरुले आफ्नो प्रदेशको रिपोर्टिङ गर्नुका साथै परिषद्ले गरेको निर्णय कार्यान्वयनमा केन्द्र सरकारले चासो नदेखाएको भन्दै प्रधानमन्त्री ओलीकोक ध्यानकर्षण गराएका थिए ।
साथै प्रदेश २ को बारा र पर्सामा आइतवार साँझ आएको विनासनकारी आँधीले गरेको क्षति र राहत तथा स्थानीयबासीलाई पुर्नवासको व्यवस्था गर्न प्रदेश २ का मुख्यमान्त्री लालबाबु राउतले माग गरेका छन् ।
यसविषयमा प्रधानमन्त्रीले उचित राहत र त्यसको व्यवस्था गर्न सरकार सकारात्मक हुनुपर्ने उनले बताए ।
यसैबीच प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा आगामी बजेटको सिलिङ नपाएकोमा समेत मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीको ध्यानाकर्ष गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया