विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका जिल्ला सभापतिहरुको बैठकको निर्णयको सामना गर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।
उनले भने, ‘जिल्ला सभापतिहरुको बैठकको निर्णयको सामना गर्छु ।’
बुधवारदेखि काठमाडौंमा शुरु भएको जिल्ला सभापतिको दुईदिने अनौपचारिक भेलाले स्वतः प्रतिनिधि हुने र आरक्षणको सुविधाबारे केन्द्रीउ कार्यसमितिले गरेको निर्णय पुनःविचार नभए देशव्यापी हस्ताक्षर अभियान चलाउने तयारी थालिरहेका बेला सभापति देउवाको यस्तो निर्णय आएको हो ।
बेलामा ४१ सभापतिको उपस्थिपत रहेको बताइएको छ ।
यसैबीच न्याय परिषद्को निर्णय राजनीतिकभन्दा बाहिरको हुनु पर्ने बताउँदै सभापति देउवाले भने, ‘न्याय परिषद्ले न्यायाधीश नियुक्ति गर्दा राजनीतिक निर्णय भन्दा बाहिर रहेर गर्नुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया