प्रदेश सरकारविरुद्ध खनियका सीके राउतले भने, ‘अछूत ‘चमार’ भनेर गाली गर्नु गैरकानूनी’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत प्रदेश सरकारविरुद्ध खनिएका छन् ।

प्रदेश नं २ लाई केन्द्र बेनाएर राजनीतिमा होमिएका राउत प्रदेश सरकारले गरेका निर्णयको चर्को ओलोचना गरेका छन् ।  राउतले प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतलाई केन्द्रित गरेर कडा आलोचना गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लामो  एक स्टाटस लेख्दै दलित र मुस्लिमको कोटा खोसेर अरुलाई दिने प्रदेश प्रहरी ऐन ल्याएको भन्दै विरोध जनाएका छन् । त्यसैगरी दलितहरु प्रदेशसभा घेराऊ गर्न जाँदा प्रदेश सरकारले गरेको दमनको आलोचना गरेका छन् । प्रदेश सरकारका मन्त्रीले दलितलाई अछूत ‘चमार’ भनेर गाली गर्नु गैरकानूनी भएको बताएका छन् ।

आइतबार बेलुका अचानक प्रदेश २ को बारा र पर्सा जिल्लामा आएको हावाहुरीका कारण प्रभावितलाई राहत दिन नसकेको भन्दै उनले मुख्य मन्त्री राउत नेतृत्व प्रदेश सरकार भ्रष्ट रहेको टिप्पणी गरेका छन् ।

उनले पर्सा र बारा हुरीबाट प्रभावित जनतालाई १०/२० दिन सामूहिक मेस सञ्चालन गरेर दालभात खुवाउन नसकेको भन्दै मुख्यमन्त्री लालबाबु राउतलाई प्रश्न गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘बाराका हुरीपीडित जनताहरूलाई १०/२० दिन सामूहिक रूपमा मेस सञ्चालन गरेर दालभात खुवाउन मुख्यमन्त्रीलाई केन्द्र बाधा भयो ? बहानाको पनि हद हुन्छ ।’

प्रदेश सरकारले बाहना गर्दै हावाहुरी पीडितहरुलाई राहत नदिएको आरोप सीके राउतको छ । केन्द्र सरकारलाई दोष लगाएर प्रदेश सरकारले आफ्नो असक्षमता र भ्रष्टाचार लुकाउन खोजेको राउतले जनाएका छन् । उनले दलित र मुस्लिम विरोधी प्रदेश सरकार मुर्दावाद समेत लेखेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?