काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई काठमाडौं बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई बोलाएका हुन् ।
प्रधानमन्त्री र सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसहितको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागी छन् ।
बालुवाटारमा जारी बैठकमा केन्द्र र प्रदेश सरकारका कामकारबाही तथा समन्वयका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई आवश्यक निर्देशन दिने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया