कपिलवस्तु । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई ‘कर प्रसाद ओली’ को संज्ञा दिएका छन् ।
वर्तमान दुई तिहाई सरकारसँग जनता आजित भइसकेको भन्दैे कर, मंहगी भ्रष्ट्राचार, शान्ति सुरक्षा दिन नसकेको भन्दै उनले सरकारबाट केही काम हुन नसक्ने बताए ।
देउवाले दुई तिहाइको नेतृत्व गरेको वर्तमान सरकारले जेमा पनि करै कर लगाएर जनतालाई दुःख दिएको आरोप लगाए । तौलिहवा उद्योग वाणिज्य संघद्वारा कपिलवस्तुको तौलिहवामा आयोजित छैठो प्राचीन कपिलवस्तुको उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले सो कुरा बताएका हुन् ।
‘जेमा पनि कर बढाएर वर्तमान सरकारले जनतालाई दुःख दिएको छ’ उनल भने ‘त्यसैले प्रधानमन्त्री ओली अहिले कर प्रसाद ओली भएका छन् ।’ उनले बुढीगण्डकी जल बिद्यतु आयोजनालाई समेत बेचिएको आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया