विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई द्वन्द्वमा फसाइराख्ने खेल नखेल्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।
आइतवार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।
साथै उनले पत्रकारहरुले अदालत र सरकार तथा प्रदेश सरकार र केन्द्र सरकारबीच द्वन्द्व गराउन खोजेको आरोप लगाएका हुन् ।
पत्रकारले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले ‘के तपाईंहरु मुलुकलाई सधै द्वन्द्वमा नै फसाई राख्ने ? तपाईहरुको सधै भूमिका त्यही हो ? अदालत र सरकारबीचमा झगडा लाउने, प्रदेश सरकार र केन्द्र सरकार बीचमा झगडा लाउने ?’
पत्रकारले विप्लव समूहका कार्यकर्तालाई प्रहरीले पक्राउ गर्ने, अदालतबाट धमाधम रिहा गर्न आदेश दिने भन्ने प्रश्नको जवाफमा प्रधामन्त्री सो कुरा भनेका हुन् ।
साथै प्रधानमन्त्री ओलीले पत्रकारलाई रचनात्मक भूमिका निर्वाह गर्न निर्देशन समेत दिए ।
‘अदालतले आफ्नो ढंगबाट काम गर्छ, सरकारले आफ्नो ढंगबाट काम गर्छ’ उनले भने ‘अदालतले पुरै प्रमाण नपुगे छाड्ने, त्यो कानूनी कुरा हो, सरकारले राजनीति नीति, कानून बमोजिम र संविधानबमोजिम काम गर्ने हो, तर थुन्ने छोड्ने कुरा अदालतको दृष्टिमा केही पुगेन भने छोडी दिन्छ ।’
प्रधानमन्त्री ओली दुईदिन पूर्वी तराई–मधेश भ्रमणमा निस्केका हुन् । उनले आज उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इन्जिनियरिङ कलेजको उद्घाटन गर्नुका साथै मदन भण्डारी स्मृति प्रतिष्ठानको रजत जयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको समेत उद्घाट गर्ने छन् । साथै दिउँसो ३ बजे आफ्नो निर्वाचन क्षेत्र झापाको दमक नगरपालिका परिषरमा आयोजना हुने प्रदेश १ स्तरीय साहित्यिकरप्राज्ञिक गोष्ठीको उद्घाटन गर्ने र नगरपालिको भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया