काठमाडौंका विभिन्न कलेजमा ‘माफिया’ लेख्ने नेविसंघका कार्यकर्ता पक्राउ

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

आइतवार नवराज त्रिपाठीको अगुवाइमा नेविसंघका कार्यकर्ताहरुले काठमाडौंका विभिन्न कलेजहरुमा कालो ब्यानर राख्दै ‘माफिया’ लेख्दै हिड्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

प्रहरीले त्रिपाठीसहित १० जना नेविसंघका कार्यकर्तालाई रत्नराज्य स्कुल अगाडिबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ । 

नेविसंघले पोखरा विश्वविद्यालय अन्तर्गतका केही कलेजहरुले नियमविपरित विद्यार्थी भर्ना लिएको र ती विद्यार्थी परीक्षामा सहभागी हुनबाट बञ्चित भएको भन्दै प्रदर्शनमा उत्रिएका थिए । 
पक्राउ परेका उनीहरुलाई प्रहरीले टेकुमा राखेको प्रहरीले जानकारी दिए । 

उनीहरुले काठमाडौंका एपेक्स, एस, राजधानी, युनिग्लोबलगायतका कलेजहरुमा कालो ब्यानर राख्ने र माफिया लेख्दै हिडेका थिए । ब्यानरमा लेखिएको छ, ‘नियमविपरित भर्ना गरि विद्यार्थीको भविष्यमाथि खेलवाठ गर्ने विश्वविद्यालय र कलेजलाई तत्कार कारवाही गर ।’

उता एपेक्स कलेज भने कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालको लगानीको कलेज हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?