काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको संसदीय सुनुवाइ प्रक्रिया आज (आइतवार)देखि शुरु हुँदैछ ।
थपलियाको सुनुवाइ प्रक्रिया अगाडि बढाउनका लागि संसदीय सुनुवाइ समितिले आज बिहान ११ बजे बैठक बोलाएको हो । साथै बैठकले आजै थपलियाविरुद्ध उजुरी आह्वान गर्न सक्ने समेत समितिले जनाएको छ ।
यही चैत १० गते निर्वतनमा प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्माले अवकाश पाएका थिए ।
आयोगको रिक्त प्रमुख आयुक्त पदमा थपलियालाई सिफारिस गरिए थियो भने आयुक्त पदमा भने कसैलाई सिफारिस गरिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया