काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतवार) मोरङ र झापा जाँदै छन् ।
प्रधामन्त्री ओली मध्यान्ह १२ बजे मोरङको उर्लाबारी प्रस्थान गर्न लागेका हुन् ।
उनले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इन्जिनियरिङ कलेजको उद्घाटन गर्नुका साथै मदन भण्डारी स्मृति प्रतिष्ठानको रजत जयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको समेत उद्घाट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
यसैगरी आजै दिउँसो ३ बजे प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्र झापाको दमक नगरपालिका परिषरमा आयोजना हुने प्रदेश १ स्तरीय साहित्यिकरप्राज्ञिक गोष्ठीको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रेस संयोजक अधिकारीले जानकारी दिए ।
सो लगत्तै प्रधानमन्त्री ओलीले नगरपालिका भवनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
आजै मदन भण्डारी रंगशाला निर्माणबारे सरोकारवालासँग प्रधानमन्त्री ओलीले छलफल र भेटघाट गर्ने र झापाको गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिहरुसँग समेत भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको उनका सचिवालयले जनाएको छ ।
यसैगरी, भोलि (सोमवार) बिहान ८ बजे दमक रेडक्रस हलमा आयोजना गरिने नगर र वडा कमिटीको सपथ तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने, दमकमै निर्माण गरिएको पशुपंक्षी हाट उद्घाटन गर्ने, मध्यान्ह १२ः३० मा भारतीय दूतावासको सहयोगमा निर्माण भएको गौरादह नगरपालिका स्थित स्कूलचौन माविको भवन उद्घाटन र हस्तान्तरण गर्ने कार्यक्रम भएको उनका सचिवालयले जनाएको छ ।
साथै भोलिनै प्रधानमन्त्री ओली भद्रपुरबाट काठमाडौं फर्किने प्रेस संयोजक अधिकारीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया