कांग्रेस नेता सिटौला र केसीले गरे बार निर्वाचनमा मतदान

काठमाडौं । नेपाल बार एसोसियसनको निर्वाचनमा नेपाली कांग्रेसका दुई नेताले मतदान गरेका छन् । 

शनिवार बिहान ८ बजेदेखि शुरु भएको निर्वाचनमा कांग्रेस नेता एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीले मतदान गरेका हुन् । 

त्यस्तै केसीले काठमाडौं र सिटौलाले गृहजिल्ला झापा पुगेर मतदान गरेका हुन् । 

बारमा नयाँ नेतृत्वको लागि निर्वाचन भएको हो । निर्वाचन बिहान ८ बजेदेखि ५ बजेसम्म देशभरका ३५ मतदान केन्द्रबाट मतदान भएको थियो । 

अध्यक्षमा प्रगतिशाली समूहबाट वरिष्ठ अधिवक्त चण्डेश्व श्रेष्ठ र लोकतान्त्रिक समूहबाट सुनिलकुमार पोखरेलले उम्मेवार दिएका थिए । 

बारको २५ सदस्सीय कार्यसमितिका लागि ६३ को उम्मेदवारी परेको छ । 

तीन वर्षेका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक÷एक गरी आठ उपाध्यक्ष निर्वाचित हुनेछन् । 

देशभरिबाट मतपेटिका सङ्कलन गरेपछि काठमाडौंमा मतगणना हुने बारका अध्यक्ष शेरबहादुर केसीले जानकारी दिए । 

काठमाडौं उपत्यकाको सर्वोच्च अदालत बार कार्यालय, उच्च अदालत पाटन र काठमाडौं जिल्ला अदालतमा निर्वाचन भएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?