वन कार्यालयका कर्मचारी अन्सारी ३० हजार घुसहित पक्राउ

वीरगञ्ज । अख्तियार अनुसन्धान आयोगले पर्साको लाटिझोडा सव डिभिजन कार्यालयका प्रमुखलाई ३० हजार घुससहित पक्राउ गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले कार्यालयका प्रमुख सलाउद्दिन अन्सारीलाई वन कार्यालय मोरङको परिसरबाटै रंगेहात पक्राउ गरेको हो ।  

उनले सेवाग्राहीलाई काठ काट्न दिने भनी ३० हजार घुस लिइरहेका अवस्थामा पक्राउ परेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?