काठमाडौं । काठमाडौंको सोल्टी होटलमा आज (शुक्रवार) देखि लगानी सम्मेलन (नेपाल इन्भेस्टमेन्ट –२०१९०)शुरु भएको छ ।
लगानी सम्मेलनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरे । तर काठमाडौं लगानी सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबले बस्ने सीट भने पाएनन् ।
लगानी सम्मेलनको पत्रकार सम्मेलनमा पनि यादब अनुपस्थित रहेका थिए । आजको सम्मेलनमा यादबले आफ्नो सीट नभेटेपछि झोक्किएर हलबाट वाहिर निस्किए ।
उनी झोक्किएर वाहिर निस्किएपछि थामथुम पारेर हलभित्र ल्याउने प्रयास गरिएको थियो। उनी हलभित्र नआएपछि उद्योग सचिव यमकुमारी खतिवडा, वाणिज्यका सचिव केदारबहादुर अधिकारी र उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह समेत वाहिरै मन्त्रीसँगै बसेका थिए। मन्त्री यादबसहित उद्योगसचिव र विभागका महानिर्देशकसँगै बसेर कुराकानी गरिरहेका छन् ।
दुई वर्षअघि भएको लगानी सम्मेलन उद्योगमन्त्रीको संयोजकत्वमा भएको थियो। तर अहिलेको लगानी सम्मेलन अर्थमन्त्री डा। युवराज खतिवडाले नेतृत्व गरिरहेका छन्। यो लगानी सम्मेलनमा उद्योग मन्त्रालयको भूमिका छैन। अर्थमन्त्रालय र लगानी बोर्डलेनै सबै भूमिका निभाइरहेको छ।
सम्मेलनमा सहभागी हुन स्वदेशी तथा विदेशी गरी करिब १ हजार लगानीकर्ताहरुको उपस्थिति रहेको छ भने विभिन्न ४० देशहरुबाट मात्रै करिब ६ सयभन्दा बढी लगानीर्कता सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनमा लगानीका लागि निजी क्षेत्रको तर्फबाट २७ समेत गरी सरकारले ७७ वटा परियोजनाहरु प्रस्ताव गरिदैछ । उद्घाटन शत्र पछि हुने विषयगत शत्रहरुमा ति परियोजनाहरुमा लगानीका विषयमा छलफल हुने बोर्डले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया