काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश ३ को पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूह एउट पार्टी नभएर गिरोह भएको बताएका छन् ।
बैठकमा बोल्दै प्रधानन्त्री ओली विप्लव समूह राजनीतिक पार्टी नभएर कुनै गिरो भएको बताए ।
उनले भने, ‘पार्टी भए कहाँ दर्ता छ ?, सीडीओ कार्यालयमा छ कि, गृह मन्त्रालयमा छ कि कुनै घरमा छ ?’साथै उनले कम्युनिष्टको बर्को ओढेर जे पनि गर्न पाइन्छ भन्ने नसोच्न विप्लव समूहलाई चेतावनी दिए ।
यसैबीच प्रधानमन्त्री ओली नेपाली कांग्रेसको चर्को आलोचना समेत गरेका छन् ।
उनले वितण्डा मच्चाउन खोज्ने प्रतिबन्धित विप्लव समूहलाई समर्थन गरेको भन्दै नेपाली कांग्रेसको चर्को आलोचना गरेका हुन् ।
‘कठैबरा कांग्रेस, हेर्दाहेर्दै कहाँ पुग्यो, सर्पको खेल जस्तो ९९ मा पुगेर स्वाटै २ मा झर्यो’ उनले भने ।
कांग्रेस आफ्नै चरित्रका कारण समस्यामा परेको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘विखण्डनवाद समाप्त भयो, यता वितण्डा मच्चाउन खोज्नेहरुलाई पनि नियन्त्रणमा लिनुपर्नेछ, यसमा कथित लोकतन्त्रवादी भन्नेहरुले छाती पिट्छन्, यी पक्षहरु देखेर मलाई कांग्रेस देख्दा मलाई टिठ लाग्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया