काठमाडौं । काठमाडौंमा भोलि (शुक्रवार)देखि शुरु हुने लगानी सम्मेलनमा सहभागी हुन भारतीय विदेश सचिव विजय केशव गोखले आज (बिहीवार) नेपाल आउने भएका छन् ।
यही चैत १५ र १६ गते (शुक्रवार–शनिवार) काठमाडौंमा दुई दिन चल्ने लगानी सम्मेलनको पूर्वसन्ध्यामा भारती विदेश सचिव गोखले नेपाल आउन लागेका हुन् ।
दुई दिने नेपाल भ्रमणमा आउन लागेका गोखलेले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत अन्य शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार गोखलेले भारतीय सहयोगमा नेपालमा सञ्चालित कार्यक्रम, द्विपक्षीय हितका साथै नेपाल–भारतको उच्चस्तरीय भ्रमणका क्रममा भएका सहमतिको प्रगतिबारे समेत छलफल गर्ने तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया