काठमाडौं । पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेलाई विशेष अदालतले रिहा गर्न आदेश दिएको छ ।
विशेष अदालतका मुख्य न्यायधीश बाबुराम रेग्मीसहित तीन न्यायाधीशको संयुक्त इजलासको ५ लाख धरौटीमा गरेको थियो । न्यौपानेले सो धरौटी माग बुझाएपछि बुधवार रिहा भएका हुन् ।
न्यौपानेसहित १४ जनाविरुद्ध भृकुटीमण्डपस्थित फनपार्ककको जग्गा भाडामा दिने बेला राज्यालाई साढे ३१ करोड घाटा पुर्याएको अभियोगमा लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ २१ गते मुद्दा दायर गरेको थियो ।
तत्कालिन महिला, बालवालिका तथा समाज कल्याणमन्त्री एवं समाज कल्याण परिषद्का तत्कालिन अध्यक्ष बद्रीप्रसाद न्यौपाने, उपाध्यक्ष प्रमोद मेहता लगायतको उपस्थितिमा २० भदौ २०६९ मा रविन्द्र गुरुङलाई मासिक ५ लाख ५५ हजारमा १५ वर्षको लागी फनपार्क मेला सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
अख्तियारका अनुसार इच्छुमति तरकारी बजारलाई प्रतिरोपनी ७८ हजार ५ सय ७१ रुपैयाँ ४२ पैसामा भाडामा दिएको छ । तर, फनपार्कको जग्गालाई वदनियतपूर्वक प्रतिरोपनी ९ हजार २ सय ५० रपैयाँमा भाडामा दिएको पाइएको छ । यसले समाज कल्याण परिषद्लाई ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपैयाँ २० पैसा हानी नोक्सानी भएको अख्यिारको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया