निर्मला बलात्कारपछि हत्या प्रकरणः डिएसपी जिसीलाई रिहा गर्न अदालतको आदेश

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का तत्कालिन डिएसपी अंगुर जिसीलाई रिहा गर्न जिल्ला अदालत कञ्चनपुरले आदेश दिएको छ । 

कञ्चनपुरकी १३ वषीृया बालिका निर्मल पन्त घटनाको अनुसन्धानका क्रममा अत्यावश्यक प्रमाणहरु नष्ट गरेको कसुरमा मुद्दा चलाइएका तत्कालिन डिएसपी जिसीलाई बुधवार जिल्ला अदालत कञ्चनपुरले नौ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

जिल्ला न्यायनाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले डिएसपी जिसीलाई धरौटीमा रिहा गर्न आदेश दिएको श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए ।

डिएसपी जिसी गत  सोमवार जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका थिए । उनको बयान सोमवार नसकिएपछि अदालतले न्यायिक हिरासतमा राख्ने निर्णय गरेको थियो । गत फागुन २६ गते जिसीलाई उपस्थिति हुन ३५ दिने सूचना अदालतले जारी गरेको थियो । उनी १६औँ दिनको दिन सोमवार अदालत उपस्थित भएका थिए । 

जिसीलाई यातनाविरुद्धको कसुरमा ५ लाख र सार्वजनिक न्यायविरुद्धको कसूरमा ४ लाख रुपैयाँ धरौटी माग गरिएको हो ।

निर्मला पन्त हत्या प्रकरणमा तत्कालिन जिल्ला प्रहरी प्रमुख डिल्लीराज विष्टसहित प्रहरी कर्मचारीविरुद्ध निर्मलाका आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसूर र भीमदत्तनगरपालिका– १९ बागफाँटाका दिलिपसिंह विष्टका दाजु खड्क विष्टले यातना विरुद्धको कसूरमा गत पुसको पहिलो साता उजुरी दिएका थिए ।

यसैबीच आइतवार जिल्ला अदालत कञ्चनपुरले तत्कालिन एसपी दिल्लीराम विष्टलाई समेत साढे १० लाख धरौटीमा रिहा गर्न आदेश दिइसकेको छ । निर्मला

बलात्कारपछि हत्याको नौ महिना पूरा भएर १० महिना लाग्दा समेत अपराधीलाई कानूको कठघरमा ल्याउन सिंगो प्रशासन नै असफल भएको छ ।  निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?