काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकी विदेश मन्त्रालयमा राजनीतिक भेटवार्तामा व्यस्त छन् ।
यही चैत ३ गते पत्नी सीता दाहालको उपचारका लागि भन्दै अमेरिका प्रस्थान गरेका अध्यक्ष प्रचण्ड यतिखेर विभिन्न राजनीतिक दलका नेताहरुसँगको भेटवार्तामा व्यस्त छन् ।
उनले हिजो (सोमवार) अमेरिकी विदेश मन्त्रालयकी एलिस वेल्सका साथै नेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट एच डिलिसीसँग पनि दाहालले भेटर्वार्ता गरेका छन् ।
तर, भेटमा के कुरा भयो भन्ने विषयमा दुवै पक्षले औपचारिक रुपमा सार्वजनिक गरेका छैनन् ।
यद्यपी प्रचण्डका सहयोगीले नेपालको राजनीतिक उपलब्धि र द्विपक्षीय हितका विषयमा कुरा भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया