सरकारले विप्लव समूहलाई प्रतिबन्ध लागाउनु गलत : शशांक कोइराला

दाङ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहलाई सरकारले प्रतिबन्ध लगाउनु गलत भएको बताएका छन् । 

बुधवार प्रेस युनियन दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट सम्मेलनमा बोल्दै उनले विप्लव समूहलाई दबाउने राजनीतिक उपयुक्त नभएको बताएका हुन् । 

विप्लवसँग वार्ता र छलफलबाट समाधान खोज्नुको साटो दबाउने र प्रतिबन्ध लगाउने काम उचित नभएको बताउँदै उनले भने, ‘विखण्डनकारी सीके राउतसँग वार्ता गर्ने सरकारले विप्लवलाई प्रतिबन्ध लागाउनु गलत कदम हो ?

‘१२ वर्ष जनयुद्ध गरेको तत्कालीन माओवादीलाई वार्ता गरेर शान्ति प्रक्रियामा ल्याउन सक्ने तर, विप्लव समूहलाई वार्ता गर्न नसक्ने ?’ उनले प्रश्न गरे । 

सरकराले विप्लव समूहलाई आतंकित नपारेर वार्तामा ल्याउन सरकारले सक्नुपर्ने धारणा उनको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?