काठमाडौं । गरिबी निवारण कोषले बोर्ड बैठकको तयारी शुरु गरेको छ ।
बैठकको तयारीको लागि उपाध्यक्ष निर्मलकुमार भट्टराईको अध्यक्षतामा आज बसेको पूर्व तयारी बैठकले आगामी बोर्ड बैठकमा पेश गर्ने कार्यसूची पारित गर्नुका साथै कोषको सोधभर्ना, बेरुजू फछ्र्योट, कोषद्वारा प्रवर्धित सामुदायिक संस्थाको नियमन, आगामी बजेट र गरिबी निवारण सम्बन्धी सरकारको कार्यसूची माथि विस्तृत छलफल भएको कोषले जनाएको छ ।
प्रधानमन्त्रीको समय अनुकूल हुने वित्तिकै यसै महिना बोर्ड बैठक बस्ने बताईएको छ ।
गरिबी निवारण कोष ऐनद्वारा निर्माण भएका करिब बत्तिस हजार सामुदायिक संस्थामा करिब १९ अरब घुम्ती कोषलाई कसरी नियमन र गरिबी निवारणमा अझ प्रभावकारी ढंगले सञ्चालन गर्ने चुनौति कोषले सामना गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया