सरकारले विप्लवलाई भन्यो, ‘राजनीतिक मैदान खाली छ, जताबाट खेले पनि हुन्छ’

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहले हतियार नविसाएसम्म वार्ता हुन नसक्ने बताएको छ । 

पछिल्लो समय विप्लव समूहले काठमाडौं उपत्यकासहित देशभर हिंसात्मक गतिविधि बढाएपछि सरकारले गत फागुन २८ गते प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । 

सो निर्णय पछि सरकारले विप्लव समूहका नेता तथा कार्यकर्तामाथि निगरानी बढाएको थियो ।  

यही चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्त एवं सञ्चार प्रविधि तथा सूचना मन्त्री गोकुल बास्कोटाले बैठकको निर्णय सार्वजनिक गर्दै सो बारे जानकारी दिएका हुन् ।

बिहीवार दिउँसो पत्रकार सम्मेलनल गर्नै मन्त्री बास्कोटाले भने, ‘सम्वादका निम्ति हामी तयार छौं, तर सम्वाद गलत गतिविधिको तयारीका हुन सक्दैन, वार्तामा बस्नुअघि हतियार विसाउनुपर्छ, हिंसा छोड्नुपर्छ ।’

यही सरकारप्रति कुनैपनि प्रकारको असन्तुष्टि छ भने शान्तिपूर्ण राजनीति र वार्ताबाट सम्बोधन गर्न सकिने उनले बताए । 

‘कुनै असन्तुष्टि छ भने शान्तिपूर्ण राजनीति र वार्ताबाट सम्बोधन गर्न सकिन्छ, राजनीतिक मैदान नै खाली छ, जताबाट खेले पनि हुन्छ’ उनले भने । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?