काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदलाई सम्बोधन गर्ने भएका छन् ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले महासचिव गुटेरेसले सम्बोधन गर्ने भन्दै पठाएकाे पत्र पढ्दै सभामुख देवराज घिमिरेले सो बारे जानकारी गराएका हुन् ।
‘नेपाल सरकार मन्त्रिपरिषद्को २०८० कात्तिक २ गतेको बैठकबाट संयुक्त राष्ट्रसंघका महासचिव महामहिम एन्टिनियो गुटेरेसले २०८० कात्तिक १२ देखि १५ गतेसम्म गर्नुहुने नेपाल भ्रमणको औपचारिक कार्यक्रम स्वीकृत भएको र उक्त भ्रमणका सिलसिलामा उहाँले २०८० कात्तिक १४ गते मंगलबार अपरान्ह ४ बजे दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेकोले त्यसका लागि आवश्यक व्यवस्था गरिदिनहुन अनुरोध गर्दछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया