काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै प्रमुख राजनीतिक दलहरुबीच सहमतिको प्रयास भइरहेको र त्यसको नतिजा चाँडै आउने बताएका छन् ।
शनिबार नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
‘प्रमुख दलहरुको बीचमा सहमति बनाउने प्रयास भइरहेको छ, त्यसको नतिजा चाँडै बाहिर आउँछ’ प्रधानमन्त्री प्रचण्डले भने ।
त्यस्तै आफूले यसबीचमा गरेको विभिन्न अन्तराष्र्टिय भ्रमणको फलस्वरुप संयुक्त राष्ट्रसंघका महासचिव नेपाल आउन लागेको बताए । महासचिव एन्टिनियो गुटरेसको भ्रमणले विभिन्न महत्वपूर्ण विषयको सम्बोधन हुने समेत विश्वास व्यक्त गरे ।
‘यो बीचमा मैले अन्तर्राष्ट्रिय भ्रमण पनि गरेको छु, भारत, चीन र अमेरिकाको भ्रमण गरेर मैले जुन कुटनीतिक पहल गरे त्यसैको परिणामस्वरुप महासचिव गुटरेस तीन दिने भ्रमणका लागि आउँदै हुनुहुन्छ, उहाँले जलवायु परिवर्तनसम्बन्धी सम्बोधन गर्नुहुन्छ, शान्ति प्रकृया र नेपालको आर्थिक विकासको लक्ष्य बारेपनि सम्बोधन गर्नुहुन्छ ।’ प्रधानमन्त्री प्रचण्डले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया