नेकपा क्रान्तिकारीका प्रवक्ता धर्मेन्द्र बास्तोला ८ दिनदेखि प्रहरी हिरासतमा

लोकपथ
441
Shares

काठमाडौं । नेकपा(क्रान्तिकारी)का प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ८ दिनदेखि प्रहरी हिरासतमा रहेका छन् । सवारी ज्यान मुद्दामा ८ दिनदेखि प्रहरी हिरासतमा रहेका बास्तोला दसैँ बिदाका कारण थप केही दिन हिरासतमा बस्ने भएका छन् ।

कात्तिक २ गते राति पौने १० बजेतिर दाङको राप्ती गाउँपालिका–५ सिंङ्गे नजिकै प्रवक्ता बास्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट सख्त घाइते भएका मोटरसाइकल चालक २९ वर्षीय सन्तबहादुर चौधरीको उपचारको क्रममा सिसहनियाँ स्वास्थ्य चौकीमा मृत्यु भएको थियो । प्रवक्ता बास्तोलालाई घटनास्थल नजिकै इलाका प्रहरी कार्यालय भालुवाङको प्रहरी हिरासतमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?