राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आज अमेरिका जाँदै

लोकपथ
98
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अमेरिका भ्रमणमा जाने भएका छन् । अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको निमन्त्रणामा आज सॅाझ अमेरिका जान लागेका हुन् ।

अमेरिकाको विभिन्न राज्यमा हुने भ्रमणको क्रममा अध्यक्ष लिङ्देनले टेक्सासको ड्यालसमा हुने पानस अमेरिकाको तेश्रो राष्ट्रिय अधिवेशनको समुदघाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?