राष्ट्रपति पौडेलले गरे पलान्चोक भगवतीको दर्शन

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पलान्चोक भगवतीको पूजा गरेका छन् । राष्ट्रपति पौडेल महाअष्टमीको दिन बिहानै श्रीमती सवितासँगै काभ्रेको पाँचखालस्थित पलान्चोक भगवती पुगेका हुन् ।

बडादशैंका अवसरमा महाअष्टमीको दिन राष्ट्रप्रमुखले पलान्चोकसहित नव दुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा छ ।

पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार ६५५ वर्ष पहिले अर्थात् ईस्वी संवत् ४२५ सालमा निर्माण भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?