काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले दसैँको शुभकामना दिँदै जनताको सार्वभौमिकता मतपेटिकामा भोट नखसुञ्जेलका लागि मात्र सिमित हो भन्दै प्रश्न गरेका छन् । गतवर्ष सम्पन्न संघीय र प्रदेश संसद एवं स्थानीय तहको निर्वाचनमा मतदाताको चाहना र पार्टीहरूका चुनावी घोषणापत्रमा व्यक्त प्रतिबद्धता पालना गर्न नसकिएको, सरकारी सम्पत्तीको अपव्यय, चरम भ्रष्टाचार, लापरवाही, मुलुकका संकट तथा जन अपेक्षाप्रतिको जिम्मेवारी विहिनतालाई पन्छाउँदै राजनीतिमा देखिएको सत्ता–कलह र आमजनताको जीवन,आर्थिक दहनीय अवस्था, स्वास्थ्य ,सुरक्षा र सामाजिक न्यायको प्रत्याभूति दिन नसक्नुले परिस्थिति झन् जटिल हुँदै गएको भन्दै सांसद केसीले उक्त प्रश्न गरेका हुन् ।
‘यो निराधार लाञ्छना वा विरोधको निम्ति विरोध होइन, आजको तीतो वास्तविकता हो,’ उनले भने,‘असत्यमाथि सत्यको विजय होस् भन्ने मान्यता र सद्भाव बोकेको विजयको प्रतीक चाड बडादशैँको सन्दर्भमा खोजि हुनैपर्ने अनिवार्य सत्य हो ।’
हरेक वर्ष चाडपर्व आउनु प्रकृति हो, यसलाई समतावादी र सामाजिक रुपले मनाउनु संस्कृति हो । ‘भड्किलो र अपव्ययी तरिकाले मनाउनु विकृति हो,’ उनले भनेका छन्, ‘प्रकृति, संस्कृति र विकृतिबीचको यो भेद चाडपर्व मनाउने बेलामा सम्झिनु उचित होला ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया