काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) फेरि विभाजन हुने भएको छ । नयाँ नेतृत्वका लागि भएको चुनावपछि विवाद उत्पन्न भएसँगै एनआरएन दुई टुक्रा हुने भएको हो ।
निर्वाचन समितिले नयाँ निर्वाचित टिमलाई आधिकारिकता दिएको छ । नयाँ निर्वाचित उम्मेदवारहरुले र शपथग्रहण गरेका छन् भने, अर्कोतर्फ पराजित समूह भने समानान्तर कमिटी घोषणाको तयारीमा रहेका छन् ।
निर्वाचनमा एक उपाध्यक्षका उम्मेदवारको शून्य मत आएको विषयलाई लिएर विवाद भएको थियो । यसैलाई देखाएर अध्यक्षमा पराजित दुई उम्मेदवारले परिणाम नमान्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया