काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतवार) मोरङ र सुनसरी जाने भएका छन् ।
विभिन्न कार्यक्रममा सहभागी प्रधानमन्त्री ओली बिहान तराईको मोरङ र सुनसरी प्रस्थान गरेका हुन् ।
बिहान ११ः३० बजे मोरङको कटारी नगरपालिकामा निर्माण गरिएको कृषि बजारको उनले उद्घाटन गर्ने छन् भने बर्जु तालको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।
त्यस्तै आजै मध्यान्ह १२ः३० मा विराटनगरमा नेपाल कम्यूनिष्ट पार्टी नेकपाको प्रदेश नम्बर १ का सदस्यहरुलाई सपथ गराउने र स्थानीय सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया